नागढुङ्गा–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ, सवारी सञ्चालनमा असहजता

धादिङ, १८ असार २०८२ः

निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने पुलहरुको निर्माण कार्य ढिलाइ भइरहेको छ । निर्धारित म्यादमै सबै पुल निर्माण सम्पन्न भई सवारी सञ्चालनमा ल्याइसक्नु पर्ने भएपनि हालसम्म करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत नौविसे–मलेखु खण्डमा पर्ने १३ ओटा पुलमध्ये ८ ओटा पुलबाट सवारी सञ्चालन भइरहेको छ भने अन्य ५ ओटा पुलको निर्माण कार्य जारी रहेको छ । उक्त खण्डको निर्माण म्याद सकिइसकेको र निर्माण कम्पनीहरु म्याद थपको प्रक्रियामा रहेको बताइएको छ ।

यस्तै मलेखु–मुग्लिन सडक खण्डमा पर्ने ६ ओटा पुलहरु हाल निर्माणाधीन अवस्थामा छन् । मलेखु–मुग्लिन सडक खण्डको निर्माण म्याद भने अझै केही महिना बाँकी रहेको छ ।

पुल र सडक निर्माणमा भइरहेको ढिलाइका कारण सडक प्रयोगकर्ताहरुले सवारी आवागमनमा असहजता भोग्नु परेको छ । सम्बन्धित निकायले निर्माण कार्यलाई शीघ्रता दिन आवश्यक पहल गर्नुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!