तीन लाख घुस सहित वडाध्यक्ष पक्राउ

काठमाडौँ, २३ असार २०८२ः

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस रकम सहित रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवलाई पक्राउ गरेको छ ।

योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाइ गरी तीन लाख घुस लिने क्रममा उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।

उनलाई थप अनुसन्धानका लागि कारबाही सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!