मध्यपुर थिमि, ३१ असार २०८२:
मध्यपुर थिमिको नगदेशमा १२ वर्षपछि पुनः सञ्चालनमा आउन लागेको ‘नगदेश भैल प्याखः’ का कलाकारहरू सार्वजनिक गरिएको छ ।
श्री नगदेश ऐतिहासिक साँस्कृतिक भैल पुचः २०८२ का अनुसार, परम्परागत तान्त्रिक भैल नाचमा सहभागी कलाकारहरूमा ज्यापुगंःचा बिराज दुगु, न्हापा भैल श्रीष घजु, लिपा भैल दिपेश बाडे, न्हापा दागी रनिश साहु र लिपा दागी अपिल घजु रहेका छन ।
परम्परागत तान्त्रिक विधिअनुसार प्रस्तुत गरिने भैल: नाच विशेष सांस्कृतिक, धार्मिक तथा तान्त्रिक महत्व बोकेको मानिन्छ। यस नाचका लागि कलाकारहरूलाई विशेष प्रशिक्षण प्रदान गरिने छ। गुरुपूर्णिमाको अवसर पारेर धाः बाजा तालिम पनि सुरु भइसकेको छ।