काठमाडौँ, ४ साउन २०८२ः
मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ परेका छन । काठमाडौँ जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको आधारमा उनलाई आज प्रहरीले पक्राउ गरेको हो ।
सोही अनुमतिका आधारमा उहाँलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिनु भएको छ । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले अहिराजमाथि अनुसन्धान थालेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो ।
जाहेरी दर्तालगत्तै भागेर भारतजानु भएको अहिराज केही हप्तादेखि काठमाडौँमै लुकेर बसेको सूचनाका आधारमा खोजी गरिएको थियो । पीडितलाई अहिराजले १७ वर्षको उमेरदेखि यौन शोषण गरेको जाहेरीमा उल्लेख छ । जाहेरीकर्ता मधेसीमूलकी युवती हुन् ।
काठमाडौँमा घरायसी कामको सहयोगीका रुपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले १७ वर्षको उमेरदेखि विभिन्न प्रलोभनमा पारेर यौन सम्पर्क गरेको पीडितको दाबी छ ।।