जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

ललितपुर, चैत्र १, २०७९ः

ललितपुर महानगरपालिका-२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!