फोनिजको २६औं स्थापना दिवसमा १२ पत्रकार सम्मानित हुने

काठमाडौं, २६ साउन २०८२ः

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिले आफ्नो २६औं स्थापना दिवसको अवसरमा मङ्गलबार १२ जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन्।

फोनिज सचिवालयको निर्णयअनुसार ‘फोनिज सम्मान २०८२’ बाट पूर्व अध्यक्ष गजुरधन राई (नेपाल टेलिभिजन), पूर्व उपाध्यक्ष अमरध्वज लामा (रेडियो शार्दूल) र राजवंशी भाषाको त्रैमासिक पत्रिका कोचिला सामाद (झापा) सम्मानित हुनेछन्।

‘फोनिज पुरस्कार २०८२’ बाट पत्रकार सविन प्रियसन (दाङ), मुनेस लायो मगर (पर्सा) र वन्दना दनुवार (उदयपुर) पुरस्कृत हुनेछन्।

त्यस्तै, ‘फोनिज प्रवास अवार्ड २०८२’ पत्रकार मच्छे गुरुङलाई प्रदान गरिनेछ। ललितपुर शाखाकी पूर्व सदस्य गुरुङ हाल अमेरिका बस्दै आउँदै नेपाली भाषा र पत्रकारिताको प्रवर्द्धनमा सक्रिय रहिएकी छन्।

‘फोनिज मलेसिया पुरस्कार’बाट ज्ञानेन्द्र थोकर तामाङ (मकवानपुर) र सपना थामी (दोलखा) सम्मानित हुनेछन्। थोकर राक्सिराङ साप्ताहिक (मकवानपुर) सञ्चालन गर्दै आएका छन् भने थामी गोरखापत्र अनलाइन, काठमाडौंमा कार्यरत छन्।

त्यस्तै, ‘फोनिज युके पुरस्कार’बाट दुई जना पत्रकार सम्मानित हुने र ‘फोनिज बागमती प्रदेश पुरस्कार’बाट एक जना पत्रकार पुरस्कृत हुने फोनिज सङ्घीय समितिका अध्यक्ष लक्की चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!