विराटनगरको बाल सुधार गृहमा झडप

विराटनगर, २८ साउन २०८२ः

विराटनगरको बाल सुधार गृहमा झडप भएको छ । विराटनगर ३ मा रहेको बाल सुधार गृहमा बस्दै आएका बाल बिझ्याइँकर्ताहरुको समूह हुल बाँधेर बाहिर निस्किन खोजेपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग झडप भएको प्रहरीले जनाएको छ । झडपमा नेपाल प्रहरीका एक जना वरिष्ठ प्रहरी हवल्दार हिरणकुमार मण्डल घाइते हुनुभएको छ । अर्का एक जना कर्मचारी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

झपडपछि सुधार गृहबाट ठूलो संख्यामा बिझ्याइँकर्ताहरु बाहिर निस्किएको र केही फर्केको बताइएको छ । अहिले सुधार गृह प्रहरीले नियन्त्रणमा लिएको छ । के कति बालकहरु छन् त्यसको गणना गर्ने काम भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । सुधार गृहमा २०० भन्दा बढी बालकहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!