काठमाडौं, १ भाद्र २०८२ः
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत दुग्ध विकास संस्थानले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयलको आज प्रकाशित सूचना अनुसार संस्थानको कार्यकारी प्रमुख महाप्रबन्धक पदका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरिएको हो।
इच्छुक उम्मेदवारले सम्बन्धित दस्तावेज सहित २१ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिने उम्मेदवारले दुग्ध विकास संस्थासम्बन्धी ऐन, नियमावली तथा सरकारका सम्बन्धित कानुनअनुसार तोकिएका योग्यता पूरा गरेको हुनु आवश्यक छ।
आवेदन फारम र थप जानकारी मन्त्रालयको वेबसाइट www.moald.gov.np वा दुग्ध विकास संस्थाको वेबसाइट www.ddc.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
दरखास्त स्वीकृत गर्ने निकाय मन्त्रालयले तोकेको चयन समिति हुने जानकारी दिइएको छ।
