मध्यपुर थिमि, २ भाद्र २०८२: रत्न काजि प्रजापति
नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश समितिको अध्यक्षमा अष्ट कुमार कवे निर्विरोध निर्वाचित भएका छन्। आइतवार मध्यपुर थिमिमा सम्पन्न प्रथम अधिवेशनले कवे नेतृत्वको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा तेज डंगोल, महिला उपाध्यक्षमा सुनिता मैनाली, सचिवमा उज्वल श्रेष्ठ र सहसचिवमा अमृत लुङ्गवा, गौरव बस्नेत, पूर्णबहादुर गुरुङ्ग र निरज खड्का निर्विरोध निर्वाचित गरेको छ। कोषाध्यक्षमा रविन्द्रमान महर्जन चयन भएका छन्।
त्यस्तै कार्यसमिति सदस्यमा कविन व्यञ्जनकार, भागवत खड्का, नवराज पाख्रिन, जनार्दन बस्नेत, केदार माझी, प्रकाश पाण्डे, राजेन्द्र घले, गोपाल बहादुर तामाङ्ग, शुक्रबहादुर माझी, तेजनारायण पसछें, बुद्धिमान स्याङ्ताङ, राजेश राउत र विक्रान्त बिष्ट निर्विरोध निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ गारिना आचार्य, मिना पौडेल, विष्णु कुमारी बस्नेत, सरिता खड्की र सुनकुमारी लामा निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष कवेले संघलाई सशक्त बनाउन र खेलकुदको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।