काठमाडौ, ४ भदौ २०८२ः
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य वृद्धि गरेको छ। संघको भदौ ४ गते भएको बैठकको सहमति अनुसार भदौ ५ गते बिहिबार देखि नयाँ मूल्य लागू हुने भएको हो।
संघले ठुलो अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ र मिडियम अण्डाको मूल्य प्रति क्रेट ५१५ निर्धारण गरिएको छ । संघले तोकेको मूल्यमा कारोबार गर्न सबै पक्षलाई अनुरोध गरिएको छ।

संघका सचिव मदन पोखरेलका अनुसार चितवनबाट लोड भई देशभर पठाइने अण्डाको बिक्रीतर्फ डिपोमा पुग्दाखेरि भाडा, कार्डन र क्रेटसहित प्रति पेटी १४० रुपैयाँ थप लाग्नेछ।
यो नयाँ मूल्य यसअघि साउन ६ गतेदेखि लागू भएको मूल्यभन्दा केही बढी हो । पुरानो मूल्य अनुसार ठुलो अण्डा प्रति क्रेट ५२५ मा बिक्री भइरहेको थियो भने मिडियम अण्डाको मूल्य ४९५ थियो ।