एसोसियसनको १३ सदस्यीय कार्यसमितिमा सचिव र ३ सदस्य बाहेक सबै राना समूहका निर्वाचित
भक्तपुर, चैत्र ४, २०७९ः
नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन भक्तपुरको अध्यक्षमा रामशरण राना विजयी हुनुभएको छ । आज सम्पन्न एसोसियसनको निर्वाचनमा राना १७४ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिष्पर्धी नवराज दाहालले ९१ मत प्राप्त गरे। एसोसियसनको उपाध्यक्षमा रामकाजी पाटी १८० मतका साथ निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धी नरेश खड्काले ८३ मत प्राप्त गरे।
सचिवमा दिपक श्रेष्ठ १३१ मत सहित निर्वाचित भए भने उहाका निकततम प्रतिद्वन्दि जयराम फोजु १२६ मत प्राप्त गरे । सहसचिवमा रामभक्त किजु ९९ मतका निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धी अशोक नायभारीले ८० र ऋषिराम के.सी.ले ७८ मत प्राप्त गर्नुभयो ।
कोषाध्यक्षमा रुपा भण्डारी १६५ मतका साथ निर्वाचित हुनुभयो भने सहकोषाध्यक्षमा ईश्वरमणी भट्टराई १०६ मतका साथ विजयी हुनुभयो ।
सदस्यहरुमा लक्ष्मण डोटेल (१०७), मनिता शर्मा (१११), अच्युत शिवाकोटी (९८), सुरोज कवाँ (१०२), विकास कुस्मा (१०३), श्यामसुन्दर सिलवाल (९६) र श्यामसुन्दर घटुवा (११५) निर्वाचित हुनुभयो ।