विद्यार्थीलाई ज्ञान र सीप दिएर आत्मनिर्भर बनाउन सके देश अगाडि बढ्छः प्रमुख सुनिल प्रजापति

भक्तपुर, ४ चैत, २०७९ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गुणस्तरीय शिक्षा प्रदान गर्ने भनेको विद्यार्थीको भविष्य उज्ज्वल बनाउनमात्र नभई भविष्यमा सभ्य र सुसंस्कृत समाज निर्माणको लागि पनि हो भन्नुभयो । विद्या आर्जन इंगलिस स्कूलको ३० औ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा उहाले प्रत्येक विद्यार्थीलाई ज्ञान र सीप दिएर आत्मनिर्भर बनाउन सके देश अगाडि बढ्छ भन्नुभयो ।

प्रमुख प्रजापतिले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै एक्काइसौ“ शताब्दीको लागि योग्य नागरिक तयार गर्न भक्तपुर नगरपालिका अगाडि बढिरहेको बताउदै भक्तपुर अहिले विद्यार्थीहरूको शैक्षिक गन्तव्य बन्दै गएको प्रस्ट पार्नुभयो । उहा“ले भन्नुभयो, “पहिले उच्च शिक्षा पढ्न धेरै विदेशी विद्यार्थी नेपाल आउ“थे तर अहिले लाखौ विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेश जान्छन् । देशको शिक्षाप्रति विद्यार्थीहरूको आकर्षण घट्दै गएको छ । कलेज र विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना साबित हुदैछ । यो चिन्ताको विषय हो ।”

संस्थागत विद्यालय सङ्घ (इसान) का अध्यक्ष प्रेमजन थापाले विद्यार्थीहरूले पाठ्यपुस्तकमा मात्रै सीमित नभई नया“ नया“ बाल पुस्तकहरू अध्ययन गर्नुपर्ने र विद्यालयले पढाइको साथसाथै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्ने बताउनुभयो । सिद्धि स्मृति अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्याम धौभडेलले विद्यालयको विकासको लागि शिक्षक, विद्यार्थी र अभिभावकको राम्रो समन्वयको आवश्यकता रहेको उल्लेख गर्नुभयो । विद्यालयका प्रअ पुरूषोत्तम ग्वाछाले परिवर्तित समय अनुकूल विद्यार्थी तयार गर्नु विद्यालयको चुनौती रहेको बताउ“दै बालमैत्री वातावरणले विद्यार्थीको विकास तीव्र हुने धारणा राख्नुभयो ।

आदर्श आजाद माविका पूर्व प्रअ लक्ष्मीप्रसाद ढुकुछुलगायतले शुभकामना व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयको वार्षिक परीक्षा तथा विद्यालयको आयोजनामा सम्पन्न विभिन्न अतिरिक्त क्रियाकलापमा पहिलो, दोस्रो र तेस्रो भएका तथा एसईई उत्तीर्ण विद्यार्थीलाई पुरस्कार तथा मेडल वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!