नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको चौथो वार्षिक साधारणसभा सम्पन्न

मध्यपुर थिमि, ४ चैत्र, २०७९ः

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको चौथो वार्षिक साधारणसभा सल्लाघारीमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष सुवरत्न बज्राचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रमको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष्ँ रामकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभयो । उद्घाटनको क्रममा बोल्दै उहाले कपडा तथा सिलाई पेशा मर्यादित पेशा भएको र हामी सबैको इज्जत र सौन्दर्य एवं व्यक्तित्वको पहिचान बनाउने महत्वपूर्ण पेशाको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । यो पेशालाई अझ मर्यादित, समृद्धि र आर्थिक रुपमा विकास गर्नको लागि हामी एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सचिव दिपक बासुकलाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष्ँ रामशरण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत रुपमा पारित गरियो ।

शिक्षक एवं सञ्चारकर्मी सागर गुरागाईंले कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैंया धौभडेल, भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धर, घरेलु तथा साना उद्योग संघ भक्तपुर, खुद्रा तथा किराना व्यवसायी संघलगायतका अतिथिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!