मध्यपुर थिमि नगदेश, १२ भाद्र २०८२ः
श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैल पुचको आयोजनमा नगदेशमा सम्पन्न नगदेश तान्त्रिक भैलः २०८२ को औपचारिक समापन कार्यक्रममा आय व्यय विवरण सार्वजनिक गरिएको छ । भैल प्याखको आर्थिक प्रतिवेदन अनुसार कुल २९ लाख ८३ हजार ९१९ रुपैयाँ आम्दानी भएको छ भने कुल खर्च २८ लाख ५८ हजार १३० रुपैयाँ पुगेको छ । यस अनुसार प्याखबाट १ लाख २५ हजार ७८९ रुपैयाँ बचत देखिएको छ ।
आयोजक समितिले सार्वजनिक गरेको विवरणअनुसार रसिदबाट १७ लाख ५६ हजार १५९ रुपैयाँ, थ्वकिंबाट ८७ हजार ४१५ रुपैयाँ, ल्हापंबाट ८ लाख ३२ हजार ५०० रुपैयाँ र म्वसिबाटबाट ३ लाख ६ हजार ८४५ रुपैयाँ संकलन भएको छ ।
त्यस्तै, खर्चतर्फ किराना तथा तरकारीका सामान, पेय पदार्थका समानहरु, मासुजन्य वस्तु, म्वायली शुल्क, प्याँख ्ज्वालं, स्टेशनरी सामग्री, पूजा सामग्री, भांडाकुंडा लगायतका सामान तथा भाडा तथा ज्वालामा खर्च गरिएको उल्लेख छ ।
भैलः प्याखःको समापन कार्यक्रममा आयोजक समितिले आर्थिक विवरण सार्वजनिक गर्दै पारदर्शी हिसाब–किताब प्रस्तुत गरेको जनाएको छ । यस्ता कार्यले सामाजिक कार्य प्रति श्रदालु भक्तजन तथा स्थानिय बासिन्दाहरुको बिश्वास अझ बढ्ने आयोजकले बताएको छ।