काठमाडौ, १३ भाद्र २०८२ः
कान्तिपुर फर्मास्युटिकल्स ल्याब (KPL) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले विज्ञापन जारी गर्दै इच्छुक र योग्य उम्मेदवारलाई आफ्नो बायोडाटा पठाउन आह्वान गरेको हो। कम्पनीले रेगुलेटरी अफिसर, मेसिन अपरेटर, मेन्टेनेन्स इन्चार्ज तथा प्रोडक्सन/क्वालिटी एस्युरेन्स अफिसर (QA Officer) पदका लागि दरखास्त खुलाएको छ।
रेगुलेटरी अफिसरका लागि बि.फार्ममा १ वर्षभन्दा बढी अनुभव भएको वा फ्रेसर उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्। यस पदको कार्यस्थल काठमाडौं रहनेछ। मेसिन अपरेटरका लागि ग्रानुलेशन, लिक्विड म्यानुफ्याक्चरिङ, स्ट्रिप प्याकिङ र लेबलिङमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ भने कार्यस्थल काभ्रेको पनौती रहनेछ। मेन्टेनेन्स इन्चार्ज पदका लागि ५ वर्षभन्दा बढी औषधि उद्योगमा अनुभव भएका तथा मेकानिकल क्षेत्रका विज्ञलाई प्राथमिकता दिइनेछ। त्यसैगरी प्रोडक्सन/क्वालिटी ए्स्युरेन्स अफिसरका लागि पनि कम्तीमा १ वर्षभन्दा बढीको अनुभव भएका वा फ्रेसर उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्। यी दुवै पदका लागि कार्यस्थल काभ्रेको पनौती तोकिएको छ।
इच्छुक उम्मेदवारले आफ्नो अपडेट गरिएको CV सहितको आवेदन आगामी भदौ २७ गते (१२ सेप्टेम्बर २०२५) भित्र factory@kantipurpharma.com मा पठाउनुपर्ने कम्पनीले जनाएको छ।