वीरगन्जमा हुने वृहत् महिला सम्मेलनको सम्पुर्ण तयारी पुरा

वीरगञ्ज, १३ भाद्र २०८२ः

वीरगन्जमा भोलि शनिबार हुन लागेको वृहत् महिला सम्मेलनको सम्पुर्ण तैयारी पुरा भएको छ । सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने कार्यक्रम तय भएको छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको बृहत् महिला सम्मेलनमा मधेस प्रदेश अन्तर्गतको पर्सा र बाराका विभिन्न क्षेत्रमा आफ्नो उद्यम मार्फत क्रियाशील तर ओझेलमा परेको महिलाहरूलाई समेट्ने, समावेश गर्ने र विभिन्न विषयमा आफ्नो अनुभव आदान प्रदान गर्ने वातावरण सृजना गर्ने प्रयास गरिएको संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो ।

सम्मेलनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उद्योग वा उद्योग वाणिज्य संघ भन्ने वितिक्कै पुरुषहरूको वर्चश्व रहेको क्षेत्र मानिसहरूको बुझाइ रहेको, यी यस्ता कुरा र क्षेत्रमा महिलाहरू पनि छन् र उनीहरू पनि आफ्नो लागि आफै केही गर्न सक्षम छन् भनेर महिलाले नै महिलाको लागि केही गरुन् भन्ने उद्देश्यले यो सम्मेलनको सबै जिम्मेवारी क्रियाशील महिलाहरू नै दिइएको बताउनुभयो ।

महिला उद्यमशीलता विकास समितिकी अध्यक्ष डा.लक्ष्मी थापाले महिला सम्मेलनबारे जानकारी गराउँदै कार्यक्रममा ग्रामीणदेखि सहरसम्म विभिन्न क्षेत्रमा विगत लामो समयदेखि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका तथा समाजका महिलाहरूको मुद्दामा कार्य गर्न सक्रिय २५ जना महिलाहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गर्नुहुने कार्यक्रम पनि रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!