मध्यपुर थिमिमा भाद्र २२ गते ऐतिहासिक येंया पुन्हिया मेय प्वाः खनेगु जात्रा हुने

बालकुमारी निवासी बिरेन्द्र भक्त गजु श्रेष्ठले चौथो पटक जिब्रो छेड्दै

मध्यपुर थिमि, १३ भाद्र २०८२ः

परम्परा, संस्कृति र श्रद्धाले भरिएको मध्यपुर थिमिको ऐतिहासिक येंया पुन्हिया मेय प्वाः खनेगु जात्रा यस वर्ष पनि भाद्र २२ गते (आइतबार) आयोजना हुने भएको छ।

मध्यपुर थिमि बालकुमारी निवासी बिरेन्द्र भक्त गजु श्रेष्ठले चौथो पटक जिब्रो छेड्दै भएका छन। उनले यसअघि पहिलो पटक २०७४ सालमा, दोस्रो पटक २०७९ सालमा र तेस्रो पटक २०८१ सालमा जिब्रो छेडेका थिए। यो बर्षको जात्रा भक्तपुरको दत्तात्रय मन्दिरसम्म पुग्ने भएको छ।

उक्त जात्रा यो बर्ष दिगु भैरव, लायकु थासोमा गणेश (बालकुमारी), ग्वाँ त्वा:, यमाटोल, मरुटोल हुँदै शंखधर चोक, दक्षिण बाराही परिक्रमा, शंखधर चोक, राधेराधे, सल्लाघारी, चोंगागणेश, सिद्धपोखरी, न पुखु, दरबार स्क्वायर, पाचंतल्ले मन्दिर, सुकुल ढोका, दत्तात्रय मन्दिर, नवदुर्गा द्योछे सम्म र सोहि रुट्बाट पाचं तल्ले मन्दिर हुँदै बंशगोपाल, सिद्धपोखरी, चोंगागणेश, निकोसेरा, नगरपालिका चोक, पाटीबिहार, गुंगचिवा, भिमसेन चोक, गणेश विद्यालय हुदै नगदेश गार्चा टोल, सिद्धिकालीका चोक, सिद्धिकाली मन्दिर, भुलांखेल, चोडे निगु पुखु हुदै बालकुमारी मन्दिरमा जात्रा समापन गरिनेछ।

येंया पुन्हिया मेय प्वाः खनेगु जात्रा २०८२ भाद्र १२ गते आइतबार मध्यपुर थिमि, दिगुभैरव अगाडिको डबली सा्झ ७:०० बजे हुनेछ।

आयोजकले सम्पूर्ण भक्तजन, स्थानीयवासी र संस्कृति प्रेमीलाई ऐतिहासिक परम्पराको संरक्षण र निरन्तरताका लागि जात्रामा सहभगी भई सहयोग गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!