लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिप्रति प्रधानमन्त्री ओलीको आपत्ति

काठमाडौँ, १४ भाद्र २०८२ः

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा आपत्ति जनाउनुभएको छ।

शनिबार राष्ट्रपति सीसँगको सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबिचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भएपछि प्रधानमन्त्री ओलीले लिपुलेकको विषयमा स्पष्ट कुरा राख्नुभएको उहाँको निजी सचिवालयले जानकारी गराएको छ।

नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राख्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो।

परराष्ट्र सचिव राईलाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले पठाएको नोटमा भनिएको छ, ‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ।’

राष्ट्रपति सीसँगको भेटमा सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारीसमेत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!