पोखरा, चैत्र ४, २०७९ः
प्रेस सेन्टर नेपालले सभामुख देवराज घिमिरेले पत्रकार र संचार क्षेत्रका विरूद्व दिएको अभिव्यक्ति फिर्ता लिन र माफी माग्न चेतावनी दिएको छ ।
प्रेस सेन्टर नेपाल कास्की जिल्ला समन्वय समितिकाे साधारणसभा बोल्नु हुँदै अध्यक्ष बिष्णु सापकोटा `जुगल´ ले प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेले पत्रकार र सञ्चारक्षेत्रबारे दिएकाे अभिव्यक्ति खेदजनक रहेको भन्दै तत्काल फिर्ता लिन र माफी माग्न प्रेस सेन्टर नेपालको माग रहेको भन्दै प्रेस सेन्टर नेपाल यस्तो खेदजनक अभिव्यक्ति प्रति चुप लागेर नबस्ने बताउनुभएको छ।