अण्डाको मूल्यमा उच्च बृद्दि: हाल सम्मकै उच्चतम मुल्य कायम

काठमाडौं, २३ भाद्र २०८२:

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ। संघको भाद्र २२ गतेको बैठकले उत्पादन र बजार अवस्थाबारे छलफल गर्दै अण्डाको न्यूनतम फार्म तथा होलसेल मूल्य तोकेको हो।

निर्धारित नया मूल्यअनुसार ठूलो अण्डा (१३.५०–१३.८० किलोग्राम प्रति बक्स) को फार्म मूल्य प्रतिक्रेट रु ५६०/- , मिडियम अण्डा (१२.५०–१२.८० किलोग्राम प्रति बक्स) को प्रतिक्रेट रु ५४५/- र सानो अण्डा (११ किलो ग्राम+ प्रति बक्स) को मूल्य रु ३२०० प्रति पेटी (७ क्रेट) रहनेछ।

उपभोक्ता मूल्य प्रतिगोटा रु २३ कायम गरिएको छ भने दुईवटा अण्डाको मूल्य रु ४५ हुने जनाएको छ।

यो मुल्यमा भाडा, कार्टुन र क्रेट सहितको मुल्य रु १३०/- प्रति पेटी थप लाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!