कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

काठमाडौं, २४ भाद्र २०८२ः

नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनु भएको छ ।

धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित अधिकारीले भदौ २४ गते सिंहदरबारमा लिखित वक्तव्य सार्वजनिक गर्दै आफूले मन्त्री पदबाट राजीनामा दिएको जानकारी दिनु भएको हो ।

अधिकारीले लोकतन्त्रमा नागरिकले प्रश्न सोध्ने, शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई सम्मान गर्नुको साटो दमन भएको आरोप पनि लगाउनु भएको छ ।

“मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले नैतिक रूपमा क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा गरेको जानकारी गराउँदछु,” मन्त्री अधिकारीले भन्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!