रास्वपा सांसद सुमना श्रेष्ठको राजिनमाः असिम साह र तोसिमा कार्कीको पनि राजीनामा

काठमाडौं, २४ भाद्र २०८२ः

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पनि सांसद पदबाट राजीनामा दिएकी छन् । सामाजिक सञ्जाल मार्फत उनले राजीनामा घोषणा गरेकी हुन् ।

‘सांसदको काम भनेको सरकारलाई जबाफदेही बनाउने हो । तर सरकारले जबाफदेहिताको सिमाना पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेस सम्हाल्ने काममा सीमित भएको संसद्मा सदस्य भएर बस्न नैतिकताले दिएको छैन । यसैले सांसद पदबाट राजीनामा दिँदै छु ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

यस अघि रास्वपाका सांसद असिम साह र तोसिमा कार्कीले पनि राजीनामा दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!