काठमाडौँ , २४ भाद्र २०८२ः
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । खानेपानीमन्त्रीबाट राजीनामा गरेको यादवले बताए । उनी जसपा नेपालका सांसद हुन् ।
जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका हुन् ।
‘हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु,’ मन्त्री यादवले भनेका छन्, ‘प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र ऊर्जाका सुत्रधार हुनुहुन्छ । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’
ओली नेतृत्वको सरकारबाट यसअघी गृहमन्त्री रमेश लेखकले १९ जनाको मृत्यु हुने गरी भएको घटनाको जिम्मेवारी लिँदै राजीनामा गरिसकेका छन् । त्यस्तै कृषिमन्त्री रामनाथ अधिकारीले पनि पदबाट राजीनामा गरेका छन् ।