प्रहरी गोलीकाण्डमा भेक्डानद्वारा दुःख प्रकटः सरकारलाई गम्भीर बन्न आग्रह

काठमाडौं, २४ भाद्र २०८२ः
रत्न काजि प्रजापति

हालै Gen-Z युवा समूहद्वारा सञ्चालन गरिएको आन्दोलनका क्रममा राजधानीसहित विभिन्न शहरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा युवाको ज्यान गएको घटनाप्रति नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ (VEC-DAN) ले गहिरो दुःख व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

संघले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति संवेदना व्यक्त गरेको छ। साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

ले Gen-Z युवाहरुले अघि सारेको देशव्यापी सुधारका मागप्रति सरकार गम्भीर बन्नुपर्ने उल्लेख गर्दै आन्दोलनले उठाएका विषयलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। संघका अनुसार, युवाहरुले देखाएको भविष्यको मार्गलाई नबुझी राज्यद्वारा गरिएका कठोर कदमले समस्या झन् जटिल बन्ने चेतावनी दिएको छ।

भेक्डानले मुलुकका विभिन्न क्षेत्रमा रहेका दुर्गम गाउँघरका परिवारहरुले भोगिरहेको जीवन कठिनाइलाई बुझ्दै Gen-Z का मागहरुमाथि सरकारको ध्यान जाँदा मात्र दीर्घकालीन समाधान सम्भव हुने जनाएको छ।

संघका अध्यक्ष रितेश रिमाल र महासचिव सादुरम ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा संयमता र सतर्कता  नै वर्तमानको आवश्यकता भएको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!