भक्तपुरमा जिल्ला सुरक्षा समितिको पाँच बुँदे निर्णयः सुरक्षा व्यवस्था थप कडाइ

भक्तपुर, २५ भाद्र २०८२ः

जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा आज बसेको जिल्ला सुरक्षा समिति बैठकले सुरक्षा सुदृढीकरणका लागि पाँच महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

जेनजी आन्दोलनको प्रभाव र हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै समितिले रणनीतिक तहमा सुरक्षा संयन्त्र सशक्त बनाउने निर्णय गरेको हो । बैठकले सर्वप्रथम आन्दोलनका क्रममा सरकारी कार्यालयमा पुगेको क्षतिको मूल्याङ्कन गर्न प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ । उक्त प्रतिवेदनमा आवश्यक सुझावहरू समेटिने जनाइएको छ। साथै, जिल्लाभर सुरक्षा सञ्जाललाई अझ व्यवस्थित बनाउन संयुक्त गस्ती तथा चेकपोस्टहरू रणनीतिक रूपमा स्थापना गरिनेछ ।

विगतदेखि क्रियाशील रहेका प्रहरी वृत्त, चौकी तथा अस्थायी चौकीहरूको प्रभावकारिता मूल्याङ्कन गरी आवश्यक परे स्थानान्तरण वा नयाँ चौकीको व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।

स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय बढाउँदै सुरक्षा समितिले सुरक्षा सेवा तथा सुझावहरू निरन्तर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । समितिले सबै तहका निकायहरूलाई आवश्यक सहयोग पुर्‍याउने पनि स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!