काठमाडौं , २६ भाद्र २०८२ः
देशमा जारी असहज परिस्थितिका कारण पशुजन्य उत्पादन ढुवानीमा समस्या देखिएको भन्दै पशु सेवा विभागले सम्बन्धित सबै पक्षलाई सहजीकरणका लागि सहयोग गर्न आग्रह गरेको छ।
विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले जारी गरेको सूचनामा अति संवेदनशील कृषिजन्य उत्पादन एक दिने चल्ला, अण्डा, पशुपन्छी, दूध, माछा, मासु, अत्यावश्यक दाना र दानाका कच्चा पदार्थ समयमै गन्तव्यमा पुगोस् भन्ने उद्देश्यले निर्वाध ओसारपसार सुनिश्चित गर्न आग्रह गरिएको छ।
विभागले किसानको हितलाई ध्यानमा राख्दै, ढुवानीमा ढिलाइ वा अवरोध हुँदा यी वस्तुहरू नष्ट हुने जोखिम रहेको उल्लेख गरेको छ। साथै किसान र व्यवसायीहरूलाई राहत पुर्याउन देशभर यस्ता उत्पादनको सहज आपूर्ति र वितरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।