काठमाडौं।
दाना उद्योगीहरूको छाता संगठन, नेपाल दाना उद्योग संघको नयाँ नेतृत्वमा उमेश चन्द सापकोटा निर्विरोध निर्वाचित भएका छन्।
२०८२ भाद्र २३ गते सम्पन्न निर्वाचनबाट १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चुनिएको हो।
को को आए नेतृत्वमा?
नेपाल दाना उद्योग संघको अध्यक्षमा उमेश चन्द सापकोटा निर्विरोध चयन हुँदा प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, द्वितीय उपाध्यक्षमा राजकुमार पराजुली, तृतीय उपाध्यक्षमा गोपाल टण्डन र महासचिवमा केशब राज थापा चुनिएका छन। त्यस्तै, कोषाध्यक्षमा नारायण प्रसाद फुयाल र सचिवमा देबी प्रसाद गौतम चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा सुरेन्द्र राज प्रधान, विनोद भण्डारी, राज कुमार बन्जारा, धर्मराज पोखरेल, दिल कुमार लामिछाने, देब कुमार गिरी, ्मनोज न्यौपाने, प्रयाज राज काफ्ले, ओम प्रकाश तिवारी र बिक्रम बहादुर सिंह रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले नेपालको दाना उद्योगलाई नयाँ उचाइमा पुर्याउने र उद्योगीहरूको हकहितका लागि काम गर्ने अपेक्षा गरिएको छ।