पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखाका उपाध्यक्ष कार्कीमाथि अज्ञात समुहको हमलाः संघले गर्‍यो दोषीलाई कारबाहीको माग

काठमाडौ, ३० भाद्र २०८२ः

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, मेची शाखाका उपाध्यक्ष तथा कार्की भे्टेरिनरी सेन्टर, शरणामतीका सञ्चालक भुवन सिंह कार्कीमाथि अज्ञात समुहले हमला गरेको छ।

संघले सार्वजनिक गरेको जानकारीअनुसार भदौ २४ गते मंगलबार साँझ करिब साढे ७ बजे आफ्नै निवासमा केही अज्ञात र आपराधिक समूहले पूर्वाग्रही नियतका साथ कार्कीमाथि निर्मम हमला गरेका थिए।

हमलामा गम्भीर घाइते भएका कार्की हाल उपचाररत छन्। संघले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न समूह वा व्यक्तिको पहिचान गरी कडा भन्दा कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

यस्तै, संघले कार्कीको निःशुल्क उपचार र उचित क्षतिपूर्तिको समेत माग अघि सारेको छ।

संघका केन्द्रिय अध्यक्ष रितेश रिमाल र महासचिव सादुराम ढकाल (आशिष)ले संयुक्त विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल छानबिन र कारबाहीको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!