Gen-Z आन्दोलनका घटनाप्रति मध्यपुर थिमि नगरपालिकाको श्रद्धाञ्जली: जनजीवन सामान्य बनाउने प्रतिवद्धता

मध्यपुर थिमि, ५ असोज २०८२ः

मध्यपुर थिमि नगरपालिकाको कार्यपालिका बैठक आज नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले हालै भएको Gen-Z आन्दोलनका घटनालाई लिएर विभिन्न निर्णय गरेको छ।

बैठकले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा ज्यान गुमाएका सम्पूर्ण प्रदर्शनकारी र प्रहरी कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, सो घटनामा घाइते भई उपचाररत रहेका सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति भएको भन्दै नगरपालिकाले गहिरो दुःख प्रकट गरेको छ। साथै, नगरपालिका भवनमा थप क्षति हुन नदिन अग्रसर बनेका स्थानीयवासीप्रति धन्यवाद ज्ञापन गरिएको छ।

नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ती घटनालाई बिर्सेर जनजीवन सामान्य बनाउन आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाएको छ। प्रवक्ता कृष्णहरी आचार्यका अनुसार नगरपालिका अब अगाडि बढ्न र स्थानीयलाई सामान्य जीवनयापनमा फर्काउन ठोस कदम चाल्ने तयारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!