काठमाडौं, ५ असोज २०८२;
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई उर्जा आयोगमा नियुक्त दिदै प्राधिकरणका मनोज सिलवाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको छ।
मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने निर्णय गरेको छ। दुवै जनाको पदावधि ४ बर्षको रहने गृहमन्त्री ओम प्रकाश अर्यालले बैठकपछि जानकारी दिनुभयो ।