पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन

काठमाडौँ , ५ असोज २०८२ः

सरकारले गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको छन् । समितिलाई ३ महिनाको समय दिइएको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुखमा एआइजी डा. मनोज केसीलाई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!