अपराध अनुसन्धान कार्यालयका प्रहरीलाई उद्योगी–व्यवसायीबाट बन्दोबस्ती सामग्री सहयोग

काठमाडौं ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत करिब ५० जना प्रहरीका लागि आवश्यक बन्दोबस्ती सामग्री उद्योगी–व्यवसायीहरूको पहलमा हस्तान्तरण गरिएको छ।

हालै जेन्जीको प्रदर्शनका क्रममा कार्यालय भवनमा पूर्ण क्षति पुगेपछि प्रहरीहरू असुविधामय अवस्थामा कार्य गर्न बाध्य भएका थिए। सोही अवस्थालाई मध्यनजर गर्दै सहयोगको हात अघि बढाइएको हो।

बरिष्ठ पोल्ट्री व्यवसायी रबिन पुरी (निवर्तमान अध्यक्ष, नेपाल दाना उद्योग संघ तथा म्यानेजिङ डाइरेक्टर, पन्चकन्या फिड इन्डस्ट्रीज प्रा.लि.), भेटेरिनरी औषधि व्यवसायी सुना सुबेदी बडाल (अध्यक्ष, कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि.), नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य लिलेन्द्र प्रधान र नरेश लाल श्रेष्ठको सक्रियतामा उक्त सहयोग प्रदान गरिएको थियो। नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघका केन्द्रिय अध्यक्ष रितेश रिमालको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा सहयोगी महानुभाबहरुले प्रहरीको मनोबल उच्च राख्न र दैनिक कामकाज सहज बनाउन निजी क्षेत्र सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

One thought on “अपराध अनुसन्धान कार्यालयका प्रहरीलाई उद्योगी–व्यवसायीबाट बन्दोबस्ती सामग्री सहयोग”

  1. सहयोगि हातहरूलाई धेरै धेरै धन्यवाद।
    उध्यमी हाम्रा मित्र हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!
%d bloggers like this: