ड्युटीका चिकित्सक नभेट्न मेडिकल प्रतिनिधिलाई आग्रह

काठमाडौँ, २२ असोज २०८२:

निजामती कर्मचारी (सिभिल) अस्पतालले मेडिकल प्रतिनिधिलाई अस्पतालमा ड्युटीमा रहेका चिकित्सकसँग नभेट्न आग्रह गरेको छ।

सिभिल अस्पतालले सूचना जारी गर्दै विभिन्न औषधी कम्पनीका मेडिकल प्रतिनिधि (एमआर)लाई अस्पतालमा ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट नगर्ने आग्रह गरेको हो।

“विभिन्न औषधी कम्पनीका एमआरले आफ्नो कम्पनीको व्यवसायिक प्रवर्द्धन गर्न ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट गर्दा उपचाररत् बिरामीलाई असुबिधा पर्न गएको र अस्पतालमा नकारात्मक असर पर्ने हुँदा यस्तो कार्य नगर्नु नगराउनु आग्रह गरिन्छ”, सूचनामा उल्लेख छ

अब यस्ता कार्य भएको पाइएमा नियमानुसार कारवाही हुने अस्पतालको सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!