विश्व अण्डा दिवस २०२५ : नेपालको सन्दर्भमा पौष्टिकता र आत्मनिर्भरताको सन्देश

हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्वभर “विश्व अण्डा दिवस (World Egg Day)” मनाइन्छ। सन् २०२५ मा यो दिवस अक्टोबर १० तारिखका दिन भोलि मनाइँदै छ। यो बर्षको मुख्य स्लोगन “The Mighty Egg: Packed with Natural Nutrition” रहेको छ। यस दिवसको उद्देश्य अण्डाको पोषण मूल्य, स्वास्थ्यका लागि यसको महत्व र खाद्य सुरक्षा तथा आत्मनिर्भरता प्रवर्द्धन गर्नु हो।

नेपालमा पनि पछिल्ला वर्षहरूमा अण्डा उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। यो केवल व्यवसायिक उपलब्धि मात्र होइन, अर्थतन्त्र सुदृढ गर्ने माध्यम पनि बनेको छ।

अण्डा सस्तो, सहज उपलब्ध र पौष्टिक प्रोटिनको उत्कृष्ट स्रोत हो। यसमा शरीरका लागि आवश्यक एमिनो एसिड, भिटामिन ए, डी, ई, बी–१२, फोलिक एसिड र मिनरल्सहरु पाइन्छ। विशेष गरी बालबालिका, गर्भवती महिला र वृद्ध व्यक्तिका लागि अण्डा सन्तुलित आहारको महत्त्वपूर्ण अङ्ग हो।

नेपालमा अझै पनि केही ठाउँहरूमा अण्डा सेवनबारेका मिथकहरू देखिन्छन्, तर चिकित्सक र पोषण विज्ञहरूका अनुसार नियमित अण्डा सेवनले शरीरलाई बलियो बनाउने, मस्तिष्कको विकासमा सहयोग पुर्‍याउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ।

नेपालको सन्दर्भमा आत्मनिर्भर भैसकेको पोल्ट्री क्षेत्रको अझै समुचित बिकास तथा दिगोपनाको लागि स्थानीय किसान, पशुचिकित्सक, र पोल्ट्री व्यवसायीहरू एकजुट भई उत्पादन र गुणस्तर सुधारतर्फ घ्यान पुर्याउनु जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!