रामेछाप, २४ असोज २०८२ः
रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि उडान सुरु भएको छ । तारा, समिट र सिता एयरलाइन्सहरूले पर्यटकको मौसम सुरु भएसँगै मन्थलीबाट लुक्लाका लागि उडान सुरु गरेका हुन् ।
विभिन्न ट्राभल्स एजेन्सीहरूले काठमाण्डौंबाट मन्थलीसम्म स्थल मार्ग मार्ग प्रयोग गरेर पर्यटकहरूलाई ल्याएर मन्थलीबाट लुक्ला सम्म जहाज मार्फत पठाउँदै आएका छन् । अब पर्यटकहरूका लागि सिजन सुरु भएकाले उडानहरू सुरु गरिएको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।
असोज देखी कात्तिक महिना सम्म यहाँबाट उडान गर्ने गरी एयरलाइन्स कम्पनीहरूले उडान सुरु गरेका हुन् ।