इलाममा पशु उपचार र राहत वितरण कार्यक्रम

देउमाई, इलाम,२७ असोज २०८२ः
रत्न काजि प्रजापति

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले देउमाई नगरपालिका–२ मा उपचार तथा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा इलामका प्रभावित क्षेत्रमा रहेका पशुपालक किसानका पशुहरूमा निःशुल्क उपचार र अत्यावश्यक औषधि वितरण गरिएको थियो।

कार्यक्रममा नेपाल भेटेरिनरी एसोसिएसन, कोशी प्रदेशका सचिव डा. सिताराम यादव, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डा. रघवेन्द्र तिवारी, हिमालय वेलनेस एंब NVMA मेची का कोषाध्यक्ष सतिस कुमार सिंह, कान्तिपुर भेट डिष्ट्रीव्युटर्स प्रा लि का भुवन खतिवडा, कर्नाटका एन्टिबायोटिक एन्ड फर्मासिटिकल्स लि. दिपक खरेल तथा पशुपन्छी औषधि व्यवसायी मनोज खनाल लगायत विज्ञ तथा संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

इलामका किसानहरू हालैका विपद्कारी घटनाका कारण प्रभावित भएका हुँदा, NVMA बिर्तामोडका सदस्यहरूले औषधि संकलन गरी राहत सहयोग पु¥याएका हुन्। पशु उपचार र राहत वितरणमा प्राविधिक तथा औषधीहरुको सहयोग उपलब्ध गराउने सबै सहयोगीहरूलाई भेटेरिनरी अस्पताल इलामले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डा. रघवेन्द्र तिवारीले भन्नुभयो — “इलाम साच्चै दुखमा छ, तर हामी सकेको गर्दैछौं। सबैको सानो योगदानले ठूला राहत ल्याउन सक्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!