प्रहरी वृत्त जगातीको पुनर्निर्मित भवन हस्तान्तरण: पोल्ट्री व्यवसायीहरू सम्मानित

जगाती, भक्तपुर, ४ कार्तिक २०८२ः

प्रहरी वृत्त जगातीको पुनर्निर्मित भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । भवन पुनर्निर्माणका क्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने पोल्ट्री व्यवसायीहरूलाई उक्त समारोहमा सम्मान गरिएको छ ।

सम्मानित हुनु हुने पोल्ट्री ब्यबसायीहरुमा देबी फिड एण्ड ह्याचरीका सञ्चालक राम लामा, आशापुरी ह्याचरीका बिष्णु खत्री, र ह्यौमिखा पोल्ट्री ट्रेडर्सका अशोक ह्यौमिखा रहेका छन् ।

हालै भएको ‘जेन जे’ प्रदर्शनका क्रममा क्षति पुगेको प्रहरी वृत्तको भवन पुनर्निर्माणका लागि विभिन्न व्यवसायीहरूले उल्लेखनीय सहयोग गरेका थिए ।

समारोहका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी र समुदायबीचको सहकार्यले समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले व्यवसायीहरूको योगदानले प्रहरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुगेको पनि उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!