काठमाडौं, ९ कार्तिक २०८२ः
नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सपथ लिनुभएको हो । यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ भएको हो ।
डा गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुनुहुन्छ भने गुप्ता जेनजी आन्दोलनका अगुवा हुनुहुन्छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँहरुलाई राष्ट्रपति पौडेलले आज नियुक्ति गर्नुभएको थियो ।
गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।