भक्तपुर , १२ कार्तिक २०८२ः
भक्तपुरमा आगजनी तथा लुटपाट घटनामा संलग्न थप एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, मिति २०८२ असोज १० गते साँझ ६ बजे प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले चाँगुनारायण नगरपालिका–८ शंकर भट्टस्थित घरमा बस्दै आएका २२ वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको हो। उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–९ घर भएका हुन्।
कार्की बस्ने घरको कोठामा प्रहरीले खानतलासी गर्दा १६ थान (जंगी राउन्ड) एस.एल.आर. गोली फेला परेको जनाइएको छ। प्रहरीले सो गोली बरामद गरी उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
त्यस्तै, गत २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीलाई पनि प्रहरीले पक्राउ गरी सम्बन्धित कारागारमा पु¥याएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जानकारीका अनुसार, यस सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए।