बाजुरामा बस दुर्घटना, ६ जना घाइते

बाजुरा, १५ कार्तिक २०८२ः

बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –७ को सेरकाटियानजिक बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुढीनन्दा नगरपालिका –१ को कोल्टी बसपार्कदेखि मार्तडी हुँदै धनगढी जान लागेको सुप्र ०१००१ ख ३१८१ नम्बरको बस सडकमै पल्टिँदा चालकसहित पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा बडिमालिका –७ का ४२ वर्षिया शङ्करराज सार्की ३२ वर्षीया जयराज जैशी, बुढीनन्दा –१ का ५३ वर्षीया सेते लुहार ५३ वर्षीया जङ्गबीर सार्की र ४४ वर्षीया जयलाल विक र गौमुल गाउँपालिका –६ का २१ वर्षीया चालक तुलाराम सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइतहरुलाई अहिले उपचारका लागि कोल्टी आधारभूत अस्पतालमा लिएर उपचार भइरहेको छ । घाइतको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगन भाटले बताउनुभयो । बाटो साँगुरो भएका कारण बस दुर्घटना भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!