नेपाल पशुपन्छी औषधि ब्यबसायी संघ बागमति जिल्ला शाखाको अध्यक्षमा अधिकारी निर्वाचित

पुरै कार्यसमिति सर्बसम्मत चयन

काठमाण्डौ, चैत्र १०, २०७९ः

नेपाल पशुपन्छी औषधि ब्यबसायी संघ बागमति जिल्ला शाखाको ९ औ अधिबेशनले रमेश अधिकारीको अध्यक्षता नया कार्यसमिति निर्वाचित गरेको छ। काठमाण्डौमा आज सम्पन्न अधिबेशनले ११ सदस्यिय नया कार्यसमिति सर्बसम्मत निर्वाचित गरेको छ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रत्न काजि प्रजापति, सचिबमा शरण कुमार खनाल, सहसचिबमा ्धुर्ब थापा तथा कोषाध्यक्षमा नारायण प्रसाद अधिकारी रहेका छन।
त्यसैगरी सदस्यहरुमा सन्तोष कुमार सुबेदी,सचिन राजोपाध्याय, यमलाल मरासिनि, रिसब गौतम र साबित्रि श्रेष्ठ रहेका छन। संघका निबर्तमान अध्यक्ष रत्न कुमार बडाल पदेन सदस्यको रुपमा रहनु हुनेछ।

नबनिर्बाचित कार्यसमितिलाई बागमति जिल्ला शाखाका संस्थापक अध्यक्ष तथा संधका पुर्ब केन्द्रिय अध्यक्ष हेमराज बडाल ऋषिले बधाई तथा शुभकामना ज्ञापन गर्दै नया कार्यसमितिले शाखाको साखलाई जोगाउदै उत्कृष्ट कार्य सम्पादन गर्ने बिश्वास ब्यक्त गर्नु भयो।

अधिबेशनको उद्घाटन संघका केन्द्रिय अध्यक्ष पुर्ण चन्द सापकोटाले गर्नु भएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!