डा. युबराज पन्तको अध्यक्षतामा नया कार्यसमिति निर्बिरोध निर्वाचित
बुटवल चैत्र ११, २०७९ः
नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनि प्रदेश समितिको तेश्रो साधारण सभा एब अधिबेशन आज बुटवलमा सम्पन्न भएको छ। उक्त अधिबेशनको उदघाटन नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रिय अध्यक्ष डा. शितल काजि श्रेष्ठले गर्नु भएको थियो।
अधिबेशनले डा. युबराज पन्तको अध्यक्षतामा ११ सदस्यिय नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ।
नब निर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. सुमन कुमार सिंह, सचिबमा डा. भरत काफ्ले, सह सचिबमा डा. अबिनाश क्षेत्रि र कोषाध्यक्षमा डा. अशोक पाराजुलि निर्वाचित हुनु भएको हो।

त्यसैगरि सदस्यहरुमा डा. मदन भन्डारी, डा. कृष्णा खडका, डा. सुमित सिंह जिसि, डा. केशब लम्साल, डा. पवन पाण्डे र डा. माधब रावत निर्वाचित भएका छन।
नेपाल भेटेरिनरी एशोसिएसन देश भित्र र देश बाहिर छरिएर रहेका पशु चिकित्सकहरुको पेशागत हकहित र मर्यादाको संरक्षण र सम्बर्धन गर्नको लागी स्थापित छाता संगठन हो।