१५औँ राष्ट्रिय महाधिवेशनमा सुना बडालको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा: “व्यवसायीको हक–हितमा अब सम्झौता हुँदैन”

काठमाडौं, २९ कार्तिक २०८२ः

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको आसन्न १५औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा वर्तमान उपाध्यक्ष सुना सुबेदी बडालले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।

आफ्नो उम्मेदवारी घोषणा गर्नु हुदै उनले संघलाई “सम्पूर्ण व्यवसायीको पक्षमा दरोसँग उभिएर काम गर्ने संस्था” बनाउने लक्ष्य राखेको बताइन्। संघभित्र देखिँदै आएको अमर्यादित राजनीतिबारे असन्तुष्टि जनाउँदै बडालले भनिन् “संघमा ब्याप्त अमर्यादित राजनीति अन्त्य गर्न अब दृढ पहल आवश्यक छ। व्यवसायीलाई सुरक्षित, सम्मानजनक र आत्मविश्वासी बनाउने वातावरण सिर्जना मेरो पहिलो प्राथमिकता हुनेछ।”

बडालका अनुसार व्यवसायीका हक–हित जोगाउन र उनीहरूको आवाज सशक्त रूपमा उठाउन सक्षम नेतृत्व अपरिहार्य छ। बडालले थप भनिन् “व्यवसायीको समस्या, चुनौती र हितका मुद्दामा अब संघ मौन बस्दैन। म व्यवसायीको पक्षमा बुलन्द आवाज उठाउने छु।”

सुना सुबेदी बडाल नेपाल पशुपन्छी औषधि व्यवसायी संघको वर्तमान केन्द्रीय कार्यसमितिमा उपाध्यक्षका रूपमा क्रियाशील छिन्। त्यसैगरी, उनी नेपालकै अग्रणी पोल्ट्री व्यवसायिक संस्था कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि. की अध्यक्ष समेत हुन्।

स्मरण रहोस, बडालले हालै बिना कुनै स्वार्थ संघको भवन निर्माणको लागि आफ्नो नाममा रहेको जग्गा दान गरेकी थिईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!