झापा, २८ कार्तिक २०८२।
नेपाल लेयर्स कुखुरापालक संघको झापा जिल्लास्तरीय ऐतिहासिक प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नव–निर्वाचित कार्यसमितिको नेतृत्व दमकका भरत कुमार चौम्लागाईले गरेका छन्। उपाध्यक्षमा पवन कटुवाल (दुधे), सचिवमा कुबेर पराजुली (दुर्गापुर), सह–सचिवमा प्रतीक प्रसाईं (बिर्तामोड) तथा कोषाध्यक्षमा सन्तोष पराजुली (अर्जुनधारा) चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा अमित पोखरेल (सुरुङ्गा), चुणामणि मगर (इटाभट्टा), राजेश दमला (सुरुङ्गा), दुर्गा भट्टराई (शरणामति), बल बहादुर बिष्ट (दमक) र बिमल अधिकारी (भद्रपुर) चयन भएका छन्।
अधिवेशनमा झापाका विभिन्न क्षेत्रबाट लेयर्स व्यवसायीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी व्यवसायीहरूले अन्डा उत्पादन व्यवसायमा बढ्दो चुनौती, बजार व्यवस्थापन, मूल्य स्थिरीकरण र सरकारसँगको समन्वयका विषयमा धारणा प्रस्तुत गरेका थिए।