विदेश अध्ययनमा लक्षित EduWorld Educational Consultancy को शाखा मध्यपुर थिमिमा विस्तार

मध्यपुर थिमि, २९ कार्तिक २०८२ः

विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै EduBridge को Franchise Partnership अन्तर्गत EduWorld Educational Consultancy Pvt. Ltd. ले भक्तपुरको मध्यपुर थिमिमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। मध्यपुर थिमि नगरपालिका–४, मध्यपुर अस्पतालको ठीक अगाडि स्थापना गरिएको शाखा कार्तिक २९ गते शनिवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

शाखाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले कन्सल्टेन्सीहरूले विद्यार्थीको भविष्य सुरक्षित गर्न सही मार्गनिर्देशन प्रदान गर्नुपर्नेमा जोड दिए। विदेशमा प्राप्त ज्ञान, सीप र अनुभवलाई स्वदेशमै कार्यान्वयन गर्न विद्यार्थीहरूलाई प्रेरित गर्न आवश्यक रहेको उनले उल्लेख गरे।

२५ वर्षदेखिको अनुभवसहित EduBridge र यसको साझेदार संस्थाहरूले अमेरिका, बेलायत, जर्मनी, नेदरल्यान्ड, क्यानाडा, चीन, भारत, दुवई लगायतका मुलुकहरूमा अध्ययन अवसर प्रदान गर्दै आएका छन्। कन्सल्टेन्सीले छात्रवृत्ति सहायता, करियर परामर्श, आवश्यक कागजात तयारी, परीक्षण तयारी, प्रस्थानपूर्व ब्रिफिङ, भिसा मार्गदर्शन तथा आवेदन प्रक्रिया सहयोग जस्ता सेवा प्रदान गर्ने जनाएको छ।

EduBridge का विशेषताहरूमा उद्योगमै उत्कृष्ट सेवा प्रदायक, १००% विद्यार्थी सन्तुष्टि, उच्च भिसा सफलता दर, व्यावसायिक तथा अनुभवी सल्लाहकार टोली, पुरस्कार विजेता विद्यार्थी सहायता सेवाहरू समेत रहेका छन्।

कार्यक्रममा बोल्दै EduBridge का प्रमुख कार्यकारी निर्देशक योगेश क्षेत्रीले शिक्षामा नवप्रवर्तन ल्याई विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरका अवसरसम्म सहज पहुँच दिलाउनु संस्थाको मूल उद्देश्य रहेको बताए। स्थानीय तहमै गुणस्तरीय सेवा विस्तार गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

त्यसैगरि EduWorld Educational Consultancy थिमि शाखाका सञ्चालक विनोदबाबु बज्राचार्यले अब भक्तपुर तथा आसपासका विद्यार्थीहरूले विदेश अध्ययनका लागि काठमाडौँसम्म धाइरहनुपर्ने आवश्यकता नहुने बताए। “EduBridge को शाखा विस्तारले जिल्लाका विद्यार्थीहरूलाई घरमै बसेर विश्वस्तरीय कन्सल्टेन्सी सेवा प्राप्त गर्न सहज बनाएको छ,” उनले भने।

PC: ram shankhadev

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!