सुन–चाँदीको भाउ एकैदिनमा भारी गिरावट

काठमाडौं, ३० कात्तिक, २०८२ः

नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउमा एकैदिन ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा पुगेको छ । अघिल्लो दिन यसको मूल्य २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्यमा आएको गिरावटको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ । यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १३५ रुपैयाँमा झरेको छ । असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!