भीमफेदीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

हेटौँडा, ३० कात्तिक २०८२ः

मकवानपुर जिल्लामा भएको गम्भीर मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दल खोला पुल नजिक मोटरसाइकल अनियन्त्रित भई झण्डै ४०–५० मिटर तल खसेपछि दुर्घटना भएको हो।

बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा परेका दुवै व्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए। मृतकहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको उनले बताए।

दुर्घटना शनिबार राति भएको प्रारम्भिक अनुमान गरिएको छ। आइतबार बिहान स्थानीयले मोटरसाइकल र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र दुर्घटनासम्बन्धी विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

PC; SOCIAL MEDIA

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!