अण्डाको नयाँ मुल्य तोकियोः भोलि ३ मंसिर देखि लागू हुने

काठमाडौं, २ मंसिर २०८२ः
ईश्वर कुमार थापा

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको न्यूनतम समर्थन मुल्य तोकेको छ। संघकोआज बसेको बैठकले अण्डा उत्पादन र बजार अवस्थाबारे छलफल गरेर नयाँ मुल्य निर्धारण गरेको हो। नया मुल्य भोलि मंसिर ३ गते देखि लागु हुनेछ।

नया मुक्य अनुसार नयाँ फार्म/होलसेल मुल्य ठुलो अण्डा (१३.५–१३.८ किलो): प्रति क्रेट रु ४५०/-, मिडियम अण्डा (१२.५–१२.८ किलो): प्रति क्रेट रु ४३५/- र सानो अण्डा (११ किलो माथि): प्रति पेटी रु २६००/- रहेको छ। उक्त मुल्यमा चितवनबाट देशभर वितरण हुने अण्डामा बिक्री डिपो पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित गरी प्रति पेटी रु १३०/- थप लाग्नेछ।

नेपाल लेयर्स कुखुरापालक संघका सचिब मदन पोखरेलका अनुसार, नयाँ मुल्यले अण्डा व्यवसायीलाई बजार स्थिर राख्न मद्दत गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!