इन्टरफेस फर्मास्युटिकल्स : नवप्रवर्तन, गुणस्तर र इमानदारीको पर्याय

काठमाडौ।

नयाँ दिल्लीस्थित इन्टरफेस फर्मास्युटिकल्स प्रा. लि. का अध्यक्ष श्री एस. के. मलहोत्राको नेतृत्वमा कम्पनीले पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ। पशु औषधि तथा पोषणजन्य उत्पादनको क्षेत्रमा अग्रणी स्थान बनाएको यो कम्पनीले ISO 9001:2015, WHO GMP, ISO 22000:2018 (FSMS) लगायतका अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ।

श्री मलहोत्राले पाँच लाख रुपैयाँको प्रारम्भिक लगानीबाट करिब २५ बर्ष अगाडी आफ्नो व्यवसाय सुरु गरेका थिए। उनका अनुसार कम्पनीले पछिल्ला वर्षहरूमा १७–५८ प्रतिशतको वार्षिक वृद्धिदर कायम राख्दै उल्लेखनीय प्रगति गरेको छ। उनले पारदर्शी काम, कर्मचारीप्रति आत्मीयता र “फ्री–माइन्डेड वर्क” को संस्कारलाई कम्पनीको सफलताको मूल आधार मानेका छन्।

कम्पनीले १०० प्रतिशत क्लाइन्ट रिटेन्सन दर र उच्च कर्मचारी सन्तुष्टि कायम राख्न सफल भएको छ। कर्मचारीहरूको मेहनत र समर्पणप्रति सम्मानस्वरूप कम्पनीले हरेक वर्ष बोनस, बीमा योजना र उत्कृष्ट कर्माचारीहरूलाई विशेष पुरस्कार प्रदान गर्दै आएको छ। कोभिड–१९ को समयमा समेत सबै कर्मचारीलाई तलब र इन्क्रिमेन्ट दिइएको थियो।

मलहोत्राको नेतृत्वमा कम्पनीले इकोनमिक टाइम्सबाट फर्मा लिडरशिप अवार्ड (२०१९) र ASSOCHAM बाट MSME इनोभेशन अवार्ड (२०२०) प्राप्त गरेको छ। साथै, कम्पनीलाई बेस्ट पोल्ट्री कम्पनी अफ द इयर (२०२१) को रूपमा पनि सम्मान गरिएको थियो।

इन्टरफेस फर्मास्युटिकल्सका NUTRIGROW, GROWFAST P, MULTIMUNE, INTERMUNE, READYMUNE, RESPAFEED र CALFACE जस्ता उत्पादनहरू बजारमा निकै लोकप्रिय छन्। यी उत्पादनहरूले जनावरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु का साथै उत्पादकत्व वृद्धिको कार्य गर्छन्। कम्पनीले पछिल्ला दुई दशकदेखि पोल्ट्री र पशुपालनमा एन्टिबायोटिकको विकल्पका रूपमा सुरक्षित र प्रभावकारी उत्पादन विकास गर्दै आएको छ।

श्री मलहोत्रा न केवल सफल व्यवसायी हुन्, उनी सिर्जनशील व्यक्तित्वका धनी पनि हुन्। वैज्ञानिक पृष्ठभूमिका साथ उनले व्यवसायलाई नयाँ सोच र रचनात्मक दृष्टिकोणबाट अघि बढाएका छन्। उनको समर्पित नेतृत्वका कारण कम्पनीले भारत, नेपाल र बंगलादेशमा बलियो बजार विस्तार गरेको छ। गुणस्तरीय उत्पादन र पारदर्शी व्यापार नै कम्पनीको पहिचान बनेको छ। श्री मलहोत्रा नयाँ बजार अवसर खोज्न सधैं तत्पर रहने, जोखिम लिन नडराउने, र कामलाई नयाँ ढंगले अगाडि बढाउने अग्रगामी उद्योगपति हुन्।

( कम्पनीका अध्यक्ष श्री एस. के. मलहोत्रा संगको कुराकानीमा आधारित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!