धादिङ, २२ मंसिर २०८२ः
नेपाल लेयर्स कुखुरापालक संघको आयोजनामा धादिङमा सम्पन्न अण्डा उत्पादक किसानहरुको भेलाले नेपाल लेयर्स कुखुरापालक संघ धादिङ जिल्ला तदर्थ समिति गठन गरेको छ। भेलामा उपस्थित किसान, व्यवसायी तथा संघका पदाधिकारीको सर्वसम्मत निर्णयपछि धादिङको तदर्थ समिति घोषणा गरिएको हो जसअनुसार सयोजकमा गुणबहादुर श्रेष्ठ र सदस्यहरुमा राजकुमार श्रेष्ठ, बिना भट्ट, सन्तोष छत्कुली, बिष्णु तामाङ, सागर पाठक रहेका छन।

संघका केन्द्रीय अध्यक्ष विनोद पोख्रेलको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा पोल्ट्री व्यवसायी द्रोणप्रसाद लामिछाने लगायतको सहभागिता रहेको थियो।
भेलाले जिल्लामा समन्वय, सहकार्य र एकता कायम गर्दै अण्डाको बजार व्यवस्थापन प्रभावकारी बनाउने, जैविक सुरक्षाका लागि पुराना प्याक र क्रेट प्रयोग नगर्ने, सम्पूर्ण अण्डा उत्पादक किसानलाई संघमा आबद्ध गराउने, र व्यवसायको प्रवर्द्धनका लागि आवश्यक कार्ययोजना तत्काल लागू गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ।
नेपाल लेयर्स कुखुरापालक संघ धादिङ शाखा गठनसँगै जिल्लाको लेयर्स व्यवसाय थप संगठित र सक्षम बन्ने अपेक्षा गरिएको छ।